+
+

राजेन्द्र लिङदेनको प्रस्ताव : एसपीपी रोक्न स्वतन्त्र चुनावी सरकार गठन गरौं

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १ गते १२:२९

१ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले स्वतन्त्र चुनावी सरकार गठनको प्रस्ताव गरेको छ ।

बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले परराष्ट्र नीतिमा असन्तुलन हुने कार्य हुन नदिन स्वतन्त्र सरकार गठन गर्नपर्ने आवश्यकता औंल्याएका हुन् ।

विगतमा एमसीसी बहुमतको बलमा पास गरिएको र फेरि एसपीपीको विषय अगागि आएको उल्लेख गर्दै उनले यस्ता विषयमा राष्ट्रिय आवश्यकता र सहमतिभन्दा बहुमतमा निर्णय लिने प्रवृति मौलाएकाले त्यसलाई रोक्न र परराष्ट्र नीतिमा सन्तुलन कायम गर्न स्वतन्त्र सरकार गठनको प्रस्ताव गरेका हुन् ।

‘बहुमतको बलमा हतार गरेर एमसीसी पास गरियो । तर, त्यसका पछि धेरै कुरा ताँती लागेर आउँदै रहेछन् भन्ने कुरा आउन थालेको छ । यो एसपीपी अरु कुरा के-के आउँछन् देखिँदै जानेछन्’ अध्यक्ष लिङदेनले प्रश्न गरे, ‘यस प्रकारको गल्ती सरकारले किन दोहोर्‍याइरहेको छ ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?