+
+

निजगढ विमानस्थल बनाउन सरकार प्रतिबद्ध छ : पर्यटनमन्त्री आले

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १ गते १५:१०
फाइल तस्वीर

१ असार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बजेटमा उठेका विषयबारे जवाफ दिँदै मन्त्री आलेले यस्तो बताएका हुन् । त्रिभुवन विमानस्थलले आगामी दिनमो यात्रुको चाप थेग्न नसक्ने भन्दै यो विमानस्थलको विकल्प तत्काल खोज्नु पर्ने अवस्था आएको उनको भनाइ थियो ।

सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा राखको निजगढको पहिलो चरणको काम पूरा गर्न १ खर्ब २० अर्ब रुपैयाँ लाग्ने भन्दै उनले यस वर्ष राखिएको २६ करोड बजेट ज्यादै न्यून भएको उल्लेख गरे । अर्थ मन्त्रालयले बजेट थप गर्ने आशा समेत उनले व्यक्त गरे ।

नेपाल नागरिक उड्डयन प्राधिकरणबाट आयोजनाको विस्तृत डिजाइन बनिरहेको भन्दै उनले राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा निर्माणको मोडालिटी बन्ने जानकारी समेत गराए । उनले जग्गा अधिग्रहणको काम सम्पन्न भइसकेको र आयोजनामा ३ अर्ब रुपैयाँ खर्च भइसकेको उल्लेख गरे । यो आयोजनासँग सम्बन्धित रहेर काठमाडौं मधेश द्रुतमार्गमा २ खर्ब रुपैयाँ खर्च भइसकेको समेत मन्त्री आलेले संसदमा जानकारी गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?