
१ असार, काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेश मातहतमा रहेका कर्मचारीहरुको तलव वृद्धि गर्ने घोषणा गरेको छ ।
प्रदेश निजामती कर्मचारीहरुको तलब पनि संघीय निजामती कर्मचारी सरह १५ प्रतिशतले तलब वृद्धि गरेको आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले बताए ।
आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्य प्रस्तुत गर्दै मन्त्री जम्मकट्टेलले प्रदेश निजामती कर्मचारी र करारमा कार्यरत कर्मचारीलाई २०७९ साउन १ गतेबाट लागु हुनेगरी मासिक २ हजार महंगी भत्ता दिने घोषणा गरेका छन् ।
यस्तै बागमती प्रदेशका कर्मचारीहरुको १० लाखको सामूहिक बीमाको लागि प्रिमियम वापतको बजेट पनि छुट्याइएको बजेटमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4