+
+

जिसस मनाङमा कांग्रेस र एमालेबीच गठबन्धन, गोलाप्रथाबाट भागबण्डा

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १ गते १८:००

१ असार, लम्जुङ । जिल्ला समन्वय समिति मनाङमा नेपाली कांग्रेस र नेकपा एमालेले गठबन्धन गरेका छन् ।

मनाङबाट प्रतिनिधित्व गर्ने दुई दलका सांसद, पूर्व सांसद, राजनीतिक दलका नेताहरुबीचको बैठकले गठबन्धन गर्ने सहमति गरेको हो । उनीहरुले प्रमुख र उपप्रुमख कसले लिने भनेर गोलाप्रथा पनि गरेका छन् ।

जस अनुसार एमालेको भागमा प्रमुख र कांग्रेसको भागमा उपप्रमुख परेको छ । प्रमुखमा एमालेका चिनबहादुर घले र उपप्रमुख चन्द्रबहादुर घलेलाई उम्मेदवार बनाउने सहमति पनि भएको छ ।

प्रमुख र उपप्रमुखको टुंगो लागे पनि सदस्यहरु बिहीबार टुंगो लाग्ने नेकपा एमालेबाट प्रमुख पदमा छानिएका चिनबहादुर घलेले बताए । सहमति अनुसार नै मनोनयन दर्ता हुने उनले बताए ।

चार वटा स्थानीय तह रहेको मनाङमा कांग्रेस र एमालेको समान ३ तथा माओवादी र स्वतन्त्रको एक-एक मत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?