+
+
WC Series
जनकपुर बोल्ट्स 2025
130/9 (20)
VS
Pokhara Avengers won by 25 runs
Won पोखरा एभेन्जर्स 2025
155/6 (20)
Shares
लुम्बिनी प्रदेशको बजेट :

नीति तथा कार्यक्रम विपरीत चुनावी बजेट : एमाले

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १ गते २०:०६

१ असार, बुटवल । प्रमुख विपक्षी नेकपा एमालेले लुम्बिनी प्रदेश सरकारले नीति तथा कार्यक्रम विपरीत चुनाव केन्द्रीत बजेट ल्याएको टिप्पणी गरेको छ ।

लुम्बिनी प्रदेशका एमाले संसदीय दलका उपनेता बैजनाथ चौधरीले क्रमागत र वहुवर्षीय योजनामा बजेट कटौति नगर्ने प्रतिवद्धता विपरीत सरकारले चुनाव लक्षित टुक्रे योजनामा वजेट छरेको टिप्पणी गरे । ‘नीति तथा कार्यक्रम अनुसार वजेट आएन, फरक आयो’, उपनेता चौधरीले भने, ‘क्रमागत र वहुवर्षीय योजनाको बजेट कटौति नगर्ने प्रतिवद्धता थियो, तर ती योजनाको बजेट काटेर धेरै टुक्रे योजनामा बजेट छरेको देखियो ।’

रेड बुकमा कसरी ब्रेक डाउन गरेर आउँछ त्यसपछि बजेटको विस्तृत विश्लेषण गर्ने चौधरीले बताए ।

एमाले नेतृत्वको सरकारले सुरु गरेका खानेपानी र सडक पुलका योजनामा बजेट कटौति गरिएको प्रति चौधरीले असन्तुष्टी जनाए । ‘गफ गौरवका आयोजनाको गर्ने, बजेट जति टुक्रे योजनामा खन्याउने’, चौधरीले प्रश्न गरे, ‘५ लाखमा लिफ्ट सिंचाइ योजना पूरा हुन्छ ?’

चुनावलाई प्रभावित पार्न पूरा हुन नसक्ने योजनामा वजेट दिएजस्तो गरेको चौधरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?