+
+

काठमाडौंको खुलामञ्चमा भूमेको रौनक (फोटो फिचर)

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २ गते ७:३७

२ जेठ, काठमाडौं । प्रकृतिको पूजा गरेर धुमधामका साथ मनाइँने भूमे पर्व मगर समुदायको मनाइ रहेका छन् ।

यही असार १ गतेदेखि सुरु भएको भूमे पर्व मगर समुदायले विभिन्न कार्यक्रम गरेर मनाइरहेका छन् ।

पर्वको अवसरमा बुधबार काठमाडौंको खुलामञ्चमा नाचगानसहित कार्यक्रम गरिएको थियो । नेपाल मगर संघ केन्द्रीय समितिले आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनसमेतको सहभागिता रहेको थियो ।

प्राकृतिक विपत्तिबाट बच्ने विश्वासका साथ प्रकृतिको पूजा गरेर यो पर्व मनाउने चलन रहिआएको छ ।

असार १ गते भूमे पूजा गरिन्छ भने २ गतेदेखि ५ गतेसम्म भूमे नाच र नचारु नाच नाच्ने चलन रहेको छ । उक्त पर्वमा पूजासँगै २२ चालमा नाच नाच्ने गरिन्छ । स्थानीय भाषामा यस पर्वलाई ‘नोगोबाङ्गे’ भनिन्छ ।

तस्वीर : विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?