+
+

चितवनको मेघौलीमा निउरो टिप्न गएकी महिलालाई बाघले बेपत्ता बनायो

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २ गते १०:५०

२ असार, चितवन । चितवनको मेघौलीमा निउरो टिप्न जंगलमा गएकी एक महिलालाई बाघले वेपत्ता बनाएको छ ।

भरतपुर महानगरपालिका वडानम्बर २७ बस्ने २३ बर्षकी रेखा बस्नेतलाई बिहीबार बिहान बाघले वेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी नरहरी अधिकारीले जानकारी दिए ।

स्थानीय राधाकृष्ण मध्यवर्ती सामुदायिक वनमा बस्नेतसहित १० जना महिला निउरो टिप्न गएका थिए । बाघले बेपत्ता बनाएकी बस्नेत पूर्वम्यादी प्रहरी हुन् ।

इलाका प्रहरी कार्यालय दिब्यनगर, इलाका प्रहरी कार्यालय फूलवारीबाट प्रहरी तथा खड्क दल गणबाट सेनाको टोली बस्नेतको खोजीका लागि गएको छ ।

जंगलभित्र थप खोजीका लागि हात्ती मगाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?