+
+

सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २ गते १३:०५

२ असार, काठमाडौं । सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार छापावाल सुनको मूल्य तोलामा ९७ हजार ३ सय रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुनको मूल्य ९६ हजार ८ सय रुपैयाँ तोकिएको छ भने चाँदीको खरिद मूल्य १२ सय ६५ रुपैयाँ कायम भएको छ ।

बुधबर छापावाल सुन तोलामा ९६ हजार ५ सय, तेजावी ९६ हजार र चादीको मूल्य १२ सय ४५ रुपैयाँ थियो । चाँदीको मूल्य अघिल्लो दिनको भन्दा तोलामा २० रुपयाँले बढेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?