+
+

एमालेले एसपीपीमा सम्झौता गरेको लिखत भए संसदमा पेश गरियोस्, म पूर्ण जिम्मेवारी लिन्छु : ईश्वर पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २ गते १३:३७

२ असार, काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) रोक्ने कार्य भएको दाबी गरेका छन् ।

बिहीबार बिहान माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली नेतृत्वको सरकारले एसपीपी कार्यान्वयन गर्ने सम्झौता गरेको दाबी गरेका थिए । संसदबाट प्रचण्डलाई चुनौती दिँदै पोखरेलले भने, ‘हिम्मत छ भने ओलीको पालामा यो भएको छ भनेर प्रस्तुत गर्नुस्, होइन भने उहाँले क्षमा माग्नुपर्छ ।’

हिम्मत भए गठबन्धनको सरकारले विगतमा के कस्ता कार्य एसपीपीका विषयमा भएका ती सबै सार्वजनिक गर्न आग्रह गरेका छन् । अन्यथा एमालेलाई अनावश्यक आरोप लगाउने कार्य नर्गन उनको चुनौती छ ।

उनी थप्छन्, ‘केपी ओलीले नेतृत्व गर्दा म उपप्रधान एवं रक्षा मन्त्री थिएँ । यदि त्यसबेलाका कुनै लिखतहरु, माइनटहरु छन् भने संसदमा प्रस्तुत गरियोस । म पूर्ण रुपमा जिम्मेवारी लिन्छु ।’

तर, वर्तमान सरकारले परराष्ट्रनीतिलाई कमजोर पार्ने प्रयास गरेको र यस्तो दुषित मनसायका साथ परराष्ट्र नीतिका सम्बन्धमा हुन लागेका गतिविधिहरुमा एमालेले खबरदारी गरेको उनको भनाई छ । उनी भन्छन्, ‘देशलाई गुमराहमा राख्ने कुराहरुको एमाले निन्दा गर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?