+
+
Shares

०८४ को मुख्य प्रतिस्पर्धी कांग्रेस नै हो : ईश्वर पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २० गते २१:५६

२० वैशाख, काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कांग्रेससँग एमालेको दुईतर्फी सम्बन्ध रहेको बताएका छन् । शनिबार जनकपुरमा एमाले धनुषाको ८ औँ जिल्ला अधिवेशन उद्घाटन गर्दै उपाध्यक्ष पोखरेलले अगामी २०८४ को चुनावमा पनि कांग्रेस नै एमालेको मुख्य प्रतिस्पर्धी हुने बताए ।

‘राष्ट्रिय राजनीतिमा कांग्रेससँगको दुईतर्फी रिलेशन हामीले बुझ्नुपर्छ । विगतमा छिनछिनमा फेरिने सरकारलाई स्थायित्व दिन कांग्रेससँग मिल्नु परेको छ,’ उनले भने ‘०८४ मा कांग्रेससँगै हाम्रो प्रतिस्पर्धा हुन्छ । यसमा हामी क्लियर हुनुपर्छ ।’

उनले नेपालको कम्युनिस्ट आन्दोलनमा धनुषा जिल्लाको भूमिकाको प्रसंशा गर्दै धनुषा जिल्लाको नाम स्वर्ण अक्षरले लेखिने बताए ।

जनकपुरधामको महेन्द्रनारायण मिथिला संस्कृतिक भवनमा भएको उद्घाटन सत्रलाई सम्बोधन गर्दै केन्द्रीय सचिव रघुवीर महासेठले पार्टीभित्र कुनै गुटउपगुट नरहेको दाबी गरे । तर मिडियाले यो कुरालाई प्रचार गरेको उनको गुनासो थियो ।

अगामी वैशाख २२ सम्म चल्ने अधिवेशनमा धनुषा जिल्लाबाट ६ सय ५० प्रतिनिधि छनोट भएका छन् । पाँच जना प्रमुख पदाधिकारीसहित एक सय ३५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्न पार्टीले सर्वसहमतिय प्रक्रिया अपनाउन दबाब दिएको छ ।

जिल्ला अध्यक्षको लागि निवर्तमान अध्यक्ष राजकिशोर यादव, उपाध्यक्ष भोला यादव, सचिव तेजनारायण यादव र सन्तोष यादव मुख्य आकांक्षी रहेका छन् ।

अन्य दलबाट पार्टीमा आएकाहरुलाई समेत समेटेर सर्वसहमति ढंगबाट नेतृत्व चयन गर्न उपाध्यक्ष पोखरेलले निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?