+
+

एसपीपीबारे अमेरिकी दूतावासको विज्ञप्तिले भ्रम सिर्जना गर्‍यो : राष्ट्रिय जनमोर्चा

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २ गते १३:४५

२ असार, काठमाडौं । राष्ट्रिय जनमोर्चाले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) बारे अमेरिकी दूतावासको विज्ञप्तीले नयाँ विवाद र भ्रम उत्पन्न गरेको टिप्पणी गरेको छ ।

बिहीबार प्रतिनिधिसभामा विशेष समय लिएर राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले यस्तो टिप्पणी गरेकी हुन् ।

‘अमेरिकी दूतावासले हिजो पत्रकार सम्मेलनमा जारी गरेको विज्ञप्तीबाट एसपीपीबारे नयाँ भ्रम र विवाद उत्पन्न भएको छ’ उनले भनेकी छन् । उनले एसपीपीले नेपालमा गम्भीर खतरा उत्पन्न गराएको उल्लेख गर्दै उनले एसपीपी अस्वीकार गर्नुपर्ने बताइन् ।

यस्तोमा एसपीपीबारे अमेरिकी दूतावासले पत्रकार सम्मेलन गरेपछि नयाँ भ्रम सिर्जना भएको उल्लेख गर्दै उनले अमेरिकी दूतावासको धारणाको नेपाली सेनाले खण्डन गरेको स्मरण गरिन् ।

प्रधानमन्त्रीले सैन्य सम्झौता नगर्ने बताउँदै आएको उल्लेख गर्दैउनले संसदमै आएर सरकारको आधिकारिक धारणा स्पष्ट रुपमा राख्न समेत आग्रह गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?