+
+

मुलुक दुई पार्टी प्रणालीमा जानुपर्छ : शेरधन राई

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २ गते १५:०१

२ असार, विराटनगर ।  प्रदेश १ का पूर्व मुख्यमन्त्री शेरधन राईले मुलुकमा राजनीतिक स्थायित्वका लागि दुई पार्टी प्रणालीमा जानुपर्ने बताएका छन् ।

बिहीबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले साना दलले मौका हेरेर सरकार परिवर्तन गर्ने हुनाले स्थायीत्वका लागि दुई पार्टी प्रणालीमा जानुपर्ने बताएका हुन् । ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनको नतिजाले पनि यस्तै संकेत गरेको उनको भनाइ छ ।

नेता राईले प्रदेश १ मा गन्तव्य नभएको सरकारले आफूजस्तै बजेट ल्याएको टिप्पणी गरे । अहिलेको सरकारले आफ्ना मान्छेलाई खुसी पार्ने तर्फ उद्दत रहेको भन्दै राईले चुनावलाई केन्द्रमा राखेर बजेट छरिएको जिकिर गरे ।

निर्वाचनमा पैसा वितरण गर्ने उद्देश्यले बजेट आएको भन्दै नेता राईले सबै वडामा वर्थिङ सेन्टर स्थापना गर्नु असम्भव रहेको बताए ।

उनले प्रदेशको नाम आफू मुख्यमन्त्री हुँदा राख्न नपाएको अफसोच रहेको बताए । उनले केही दिनभित्र प्रदेशको नामको विषयमा सहमति हुने पनि बताए ।

सरकारले प्रदेशसभाको चालु अधिवेशनबाट नाम राख्ने प्रतिवद्धता नजनाएपछि आफूहरुले पहल सुरु गरेको राईको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?