+
+

निर्वाचन क्षेत्रमा बजेट छुट्याउँदा प्रतिपक्षीले पनि ताली बजाए : मन्त्री आङ्बो

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २ गते १८:१९

२ असार, विराटनगर । प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बोले सांसदको भावना सम्बोधनका लागि प्रदेश निर्वाचन क्षेत्र विशेष कार्यक्रम बजेटमा समावेश गरेको बताएका छन् ।

बिहीबार विराटनगरमा बजेटबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले आफू निर्वाचन क्षेत्र विशेष कार्यक्रमको विपक्षमा रहे पनि सांसदहरुको आग्रहमा बजेट वक्तव्यमा समावेश गरेको बताए ।

‘हिजो बजेट भाषणमा प्रतिपक्षले (नेकपा एमाले) धेरै ताली बजाउनुभयो’ उनले भने ।

मन्त्री आङ्बोले निर्वाचन क्षेत्र विशेष कार्यक्रमको खर्च आउदो निर्वाचन अघि नै हुने बताए । स्थानीय तह मार्फत बजेट खर्च हुने भएकाले विगतको जस्तो आलोचना नहुने उनको भनाइ छ ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि प्रदेश सांसदले जनही एक करोड खर्च गर्न पाउने गरी ९० करोड बजेट विनियोजन गरेको थियो । ९३ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा हाल ९० सांसद छन् ।

अर्थमन्त्री आङ्बोले सरकारले वास्तविक धरातलमा टेकेर कार्यान्वयनमुखी बजेट ल्याएको दाबी गरे । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता तथा पूर्व मुख्यमन्त्री शेरधन राईले बजेट गठबन्धनको सरकार जस्त्तै गन्तव्यहीन रहेको र बजेट वास्तविक धरातल भन्दा बाहिर रहेको बताएका थिए ।

मन्त्री आङ्बोले वास्तविक धरातल टेकेर बजेट आएका कारण कार्यान्वयन गर्न समस्या नहुने बताए ।

प्रदेशका ६० प्रतिशत बहुवर्षीय आयोजनाहरु आउँदो वर्षमा नै सम्पन्न हुने उनले दावी गरे । प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि ३९ अर्ब ७३  करोड ८३ लाख बजेट विनियोजन गरेको थियो । जसमा चालू तर्फ १५ अर्ब ७ करोड ८५ लाख पूजीगत तर्फ २१ अर्ब ५० करोड ५४ लाख विनियोजन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?