+
+

गोरखाको वुद्ध माविमा शिक्षक र छात्रवृत्ति थपिदिन माग

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २ गते १८:३७

२ असार, काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले सिर्दिबासस्थित बुद्ध माध्यमिक विद्यालयमा माध्यमिक शिक्षकको दरबन्दी व्यवस्था र छात्रवृत्ति कोटा थप गरिदिन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलसमक्ष माग गरेका छन् ।

बुधबार सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा मन्त्री पौडेलसँग भेट गरी प्रतिनिधिसभा सदस्य हरिराज अधिकारी र गाउँपालिका अध्यक्ष लामाले गाउँपालिकाको ३ वटा वडाका  विद्यार्थी पढ्न आउने यस विद्यालयमा माध्यमिक तहको शिक्षक दरबन्दी नहुँदा पठनपाठनमा समस्या परेको बताए ।

‘चुमनुब्री गाउँपालिकाको सिर्दिबास, चुम्चेत र छेकम्पार अनि धार्चेको उहिया र हुल्चुक गाउँका विद्यार्थीले पढ्ने यस विद्यालयमा माध्यमिक तहको शिक्षक दरबन्दी छैन, त्यसैले मन्त्रीज्यूसँग दरबन्दी व्यवस्था गरिदिन भनेका छौं’ अध्यक्ष लामाले अनलाइनखबरसँग भने ।

अध्यक्ष लामाले बुद्ध माविमा आवासीय छात्रवृत्ति कोटा २०० वटा थप गरिदिन पनि मन्त्री पौडेललाई आग्रह गरेका छन् । वुद्ध माविमा हाल ४३० विद्यार्थी अध्ययनरत छन् ।

भौगोलिक विकटताका कारण विद्यार्थीहरु दैनिक रुपमा घरदेखि नै आउन जान समस्या हुने भएकाले विद्यार्थीहरु विद्यालयकै छात्रबासमा बसेर अध्ययन गर्छन् । तर हाल केन्द्र सरकारले आवासीय छात्रवृत्ति कोटा १६५ वटा र गण्डकी प्रदेश सरकारले २ वटा मात्र दिएकाले अरु विद्यार्थीलाई छात्राबासमा राख्न समस्या भएको अध्यक्ष लामाले बताए ।

गाउँपालिकाका जनप्रतिनिधिको भेटमा शिक्षामन्त्री पौडेलले शिक्षक दरबन्दी र छात्रवृत्ति कोटा थप गर्न पहल गर्ने बताएका अध्यक्ष लामाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?