+
+
Shares

बूढीगण्डकीको तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २५ गते ७:४१

२५ असोज, काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका हुँदै बग्ने बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको आकस्मिक बाढी आएको छ ।

बाढीका कारण तल्लो तटीय क्षेत्रमा क्षति गर्न सक्ने भन्दै सचेत रहन नेपाल प्रहरीले आग्रह गरेको छ ।

बुढी गण्डकी नदीको चुम्नुब्री गाउँपालिका-६ बाट ठूलोबाढी आइरहेकोले बाढी पास नहुँदासम्म त्रिशूली दोभानसम्म नदी छेउछाउ नजान र उच्च स्थानमा सुरक्षित बस्न नेपाल प्रहरीले अनुरोध गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि नदी तटीय क्षेत्रमा रहेकाहरूलाई सतर्क रहन भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?