+
+

विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

अनिल खत्री अनिल खत्री
२०७९ असार ३ गते १०:४६

३ असार, गुल्मी । कक्षा तीनमा अध्ययनरत छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा गुल्मीका एक शिक्षक पक्राउ परेका छन् ।

रुरुक्षेत्र गाउँपालिका वडानम्बर–३ थानपतीस्थित प्रतिभा आधारभूत विद्यालयका एक जना शिक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) माधवराज खरेलले जानकारी दिए । अभिभावकले यौन दुर्व्यवहार गरेको जाहेरी प्रहरी कार्यालयमा दिएपछि ती शिक्षकलाई पक्रेर अनुसन्धान गरिरहेको डिएसपी खरेलले बताए ।

ती शिक्षकमाथि कक्षा ३ मा अध्ययनरत विद्यार्थी उपर विद्यालय समयमै यौनजन्य अस्वाभाविक कार्य गरेको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?