+
+

एमालेको विरोधका बीच राष्ट्रिय सभामा विनियोजन विधेयक पेश

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३ गते १३:५६

३ असार, काठमाडौं । विनियोजन विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रिय सभामा प्रस्तुत गर्ने क्रममा एमालेका सांसदहरु उठेर विरोध गरेका छन् ।

एमालेका सांसदले अवरुद्ध गरेको बैठक १५ मिनेटका लागि स्थगित गरिएको थियो । करिब आधा घण्टा पश्चात् सुरु भएको दोस्रो बैठकमा मन्त्री शर्माले विनियोजन विधेयक संसदमा पेश गर्ने क्रममा एमाले सांसदहरुले विरोध कायमै राखेका हुन् ।

प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त विधेयकमा भाग लिनका लागि राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले सांसदहरुलाई आग्रह गरेका थिए । एमालेका सांसदहरुलाई छलफलका लागि बसेर भाग लिन आग्रह गरेका थिए । विनियोजन विधेयक माथिको छलफलमा भाग लिनका लागि कुनै पनि सांसदले नाम दिएनन् ।

सभाका अध्यक्ष तिमिल्सिनाले विचार गरियोस् भन्ने प्रस्तावलाई सदनमा निर्णयार्थ पेश गरेका थिए । एमालेका सांसदको विराधकै बीचमा विचार गरियोस भन्ने प्रस्ताव पारित गरिएको थियो । विनियोजन विधेयक माथिको विभिन्न शीर्षकमा छलफलका लागि असार ६,७ र ८ गते तोकिएको छ । सम्बन्धित मन्त्रीले जवाफका लागि असार ९ र १० गतेको कार्यसूचि बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?