+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
५३ बलमा ४५ रन आवश्यक
पोखरा एभेन्जर्स 2025
76/0 (11.1)
Shares

नुवाकोटमा खोलाले बगाएर शिक्षिकाको मृत्यु

रासस रासस
२०७९ असार ३ गते १४:१०

३ असार, नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका-६ का राधिका आचार्यको शुक्रबार विद्यालय पढाउन जाँदै गर्दा भीरबाट खस्ला खोलाले बगाएर  मृत्यु भएको छ ।

तादी गाउँपालिका–४ स्थित सुन्दरा माध्यमिक विद्यालयमा पढाउन जाने क्रममा ३५ वर्षीय आचार्य चढेको स्कुटर दुर्घटना भई भिरबाट खस्दा तादी खोलाले बगाएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।

उनका अनुसार तादी–४ स्थित पागेंपाखा भन्ने ठाउँमा पुग्दा आचार्य चढेको बा.९७ प ६९२५ नं स्कुटर अनियन्त्रित भएर दुर्घटना भई भिरबाट खसेर तादी खोलामा पुगेर बगाउँदा शिक्षिका आचार्यको मृत्यु भएको हो ।

घटनास्थलभन्दा ५०० मी. तलबाट उद्दा गरे पनि उनलाई बचाउन नसकिएको प्रहरीले जनाएको छ । उनी उक्त विद्यालयमा निमावि तहमा स्थायी शिक्षकका रुपमा कार्यरत थिइन् ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?