+
+

केपी ओलीले नै एसपीपी अगाडि बढाएका हुन् : वामदेव गौतम

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३ गते १४:३५

३ असार, काठमाडौं। राष्ट्रियसभाका सांसद एवम् पूर्वउपप्रधानमन्त्री बामदेव गौतमले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अघि बढाउने काम गरेको दावी गरेका छन् ।

सांसद गौतमले यो प्रोग्राम सुशील कोइराला नेतृत्वको सरकारले गरेको हो भन्ने कुरा संसदमा आएपछि आफूले खोजीनीति गरेको र प्रधानमन्त्रीको रुपमा एमाले अध्यक्ष ओलीले नै सो प्रस्ताव अघि बढाएको पाइएको बताएका हुन् ।

गौतम कोइराला नेतृत्वको सरकारको उपप्रधानमन्त्री थिए । यसको सुरुवात जसले गरे पनि त्यसबेलाका प्रधानमन्त्री ओली यसलाई अघि बढाउन काममा संलग्न भएको उल्लेख गर्दै उनले सदनलाई पनि सो कुरा बताउनुपर्ने माग गरे ।

उनले अध्यक्ष ओलीप्रति संकेत गर्दै सो सत्य कुरा बताउँदा कुनै पनि पार्टी र त्यसका नेताको व्यक्तित्व सानो नहुने बताए । सांसद गौतमले सरकार र सरकारको नेतृत्वको गरेको काँग्रेसले अघि नबढाउने भनेपछि एसपीपी सम्बन्धि समस्या समाधान भएको पनि पटक पटक दोहोर्‍याए ।

उनले सो प्रस्तावबारे संसदमा आएर जवाफ दिन भने प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरे ।

‘अहिले एमालेका अध्यक्ष कमरेड केपी ओलीले सुरु गर्नु भयो यो सम्झौता भनेपछि सुशील कोइरालाले हो भनेको हुनाले म पनि त्यसमा संलग्न हुन्छु । म फेरि प्रधानमन्त्रीले गरेको, म त्यसमा संलग्न छैन भन्दिन । त्यो सरकारमा सामेल भईसकेपछि प्रधानमन्त्रीले गरेको काम प्रधानमन्त्रीले व्यक्त गरेको विचारसित सहमत हुनुपर्दछ ।’ उनले भने, ‘त्यसो भएर म माथि पनि आरोप लाग्न सक्दछ भनेर मैले त्यस सम्बन्धमा खोजी नीति गर्दा अब के के भएको हो, अस्तीमात्रै एउटा पत्र आएको छ । र, त्यो पत्रले प्रष्ट पारिदिएको छ–यसको सुरुवात जसले गरेको भएपनि यसलाई अगाडि बढाउने काममा नेकपा एमालेका अध्यक्ष त्यसबेलाका प्रधानमन्त्री भएको अध्यक्षज्यू, त्यसमा संलग्न हुनुहुन्छ । अव सदनलाई साँचो कुरा बताउनु पर्दछ–र सत्य बताउँदा कोही पनि सानो हुँदैन ।’

सांसद गौतमले प्रधानमन्त्री देउवाले एसपीपीबारे संसदमा उठेका प्रश्नको जवाफ आफैंले नदिएर संसदीय मर्यादामाथि आघात पुर्‍याएको दावी समेत गरे । उनले भने, ‘जे भएपनि उहाँले संसदमा फेस गर्नुपर्थ्‍यो । तर गृहमन्त्रीलाई पठाउनु भयो ।  संसदलाई भन्नु पर्दथ्यो र मेरो अनुरोध छ-नेपाली काँग्रेसका नेताहरु, माननीय सदस्यहरु, जो यहाँ हुनुहुन्छ । सम्मानीय प्रधानमन्त्री शेरबहादुरजीलाई यो खवर पुर्‍याउनुपर्छ । उहाँले आएर भिन्न सन्दर्भमा पनि यसलाई बताउनु सक्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?