+
+

सुवर्ण थापा निर्देशित फिल्म ‘म’को टिजर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ४ गते १५:५६

४ असार, काठमाडौं । ‘सुनगाभा’ फिल्मबाट चर्चित बनेका सुवर्ण थापा निर्देशित फिल्म ‘म’को टिजर सार्वजनिक भएको छ । साउन २० गते रिलिज हुने फिल्मलाई सस्पेन्स र थ्रीलर जानरामा निर्माण गरिएको छ ।

एक आपराधिक घटनासँग जोडिएका र अनुसन्धानमा जुटेका विभिन्न पात्रको कथालाई टिजरमा देखाइएको छ । कान्तिपुर फिल्म एकेडेमीको प्रस्तुति रहेको फिल्ममा सरोज खनाल, निराजन प्रधान, निशा अधिकारी, रुविना थापा, सरिता लामिछाने, सविन श्रेष्ठ, नरेन खड्का लगायतको अभिनय छ ।

फिल्मबाट संजोग रसाइली र पुनम श्रेष्ठले अभिनयमा डेब्यू गरेका छन् । प्रकाश पुरीको पटकथा रहेको फिल्ममा तेन्जिङ पाल्देनको छायांकन र बनिष शाहको सम्पादन छ ।

हेर्नुस टिजर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?