+
+

सोसल मिडियाका पोस्टमा कसरी बटुल्ने धेरै भ्यूज ?

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ४ गते १८:४७

सोसल मिडियामा सेलिब्रेटीहरुले पोस्ट गरेका सामाग्रीहरुमा लाखौं करोडौं सम्म भ्यूज आएको देखिन्छ । टिकटक, युट्युब तथा इन्स्टाग्राममा यस्ता सामाग्रीहरु असंख्य हुन्छन् । कन्टेन्ट क्रियटर्सहरुले आफ्ना भिडियो तथा कन्टेन्टहरुमा भ्यूज बटुल्नका लागि विभिन्न तरिका अपनाउने गर्दछन् । हालै सार्वजनिक भएको एक रिपोर्टले यस विषयमा विशेष खुलासा गरेको छ ।

मोबाइल इन्टरनेट टेक्नोलोजी फर्म Appyhigh का अनुसार भारतमा सेलिब्रेटीहरुले आफ्ना सोसल मिडिया प्लाटफर्मका सामाग्रीमा दर्शकहरु ब्टुल्नका लागि इनोभेटिभ एपहरुको प्रयोग गर्ने गरेका छन् ।

ती एपहरुको सहयोगमा कन्टेन्ट क्रियटर्सहरुले फरक खालका सामग्रीहरुको सिर्जना गर्नुका साथै विभिन्न ह्यासटयाग र आकर्षक क्याप्सनको पनि प्रयोग गर्ने गरेका छन् । यस्तै तरिकाबाट उनीहरुले आफ्ना सामाग्रीको भ्यूजका साथै फलोअर्स पनि बढाउने गरेका छन् ।

सोसल मिडिया प्लाटफर्ममा विभिन्न ह्यासट्यागहरुको प्रयोग गरेको तपाईंले देख्नुभएकै छ र आफैले पनि गर्नुभएको छ होला । खासगरी कन्टेन्ट क्रियटर्स तथा सोसल मिडिया सेलिब्रेटीहरुले आफ्ना पोस्टमा विभिन्न ह्यासट्याग प्रयोग गर्दछन् । ती ह्यासट्यागले सोसल मिडियाका पोस्टहरुलाई धेरै भन्दा धेरै प्रयोगकर्तासम्म पुर्‍याउने काम गर्दछन् ।

Appyhigh का अनुसार प्रभावकारी ह्यासट्यागका अनुसार प्रयोगकर्ताले ह्यासट्याग जेनेरेटर एप्को प्रयोग गर्ने गरेका हुन्छन् । त्यसमध्ये एउटा आर्टिफिसियल इन्टेलिजेन्समा आधारित एप Instore हो । उक्त एपले एक महिनामा ३० करोड भन्दा धेरै ह्यासट्याग सिर्जना गरी प्रयोगकर्तालाई उपलब्ध गराउने गरेको छ ।

Instore को ह्यासट्याग जेनेरेट फिचरको सहयोगमा प्रयोगकर्ताले की वर्ड तथा पपुलर क्याटेगोरीको ट्रेन्डिङ ह्यासट्यागका बारेमा जानकारी प्राप्त गर्दछन् । उक्त एपको सहयोगमा क्रियटरहरुले ह्यासट्याग खोज्ने मात्र होइन कुनै फोटोलाई स्क्यान गरी सम्बन्धित ह्यासट्याग सिर्जना पनि गर्न सक्दछन् ।

इनस्टोरमा झण्डै १७ प्रतिशत ह्यासट्याग फोटो स्क्यान गरी अपलोड गरिएका छन् । यो एपको सहयोगमा प्रयोगकर्ताहरुले कम समय तथा मेहेनतमा उत्कृष्ट ह्यासट्याग सहितको सामाग्री तयार गर्न सक्दछन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?