
५ असार, वीरगञ्ज । पर्सामा प्रहरीले जबर्जस्ती करणी मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका- १ का ३५ बर्षीय उमाशंकर गिरीलाई पक्राउ गरेको हो ।
२०६९ जेठ २ गते राति १२ बजे मानसिक सन्तुलन ठीक नभएकी २६ बर्षीया महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा मुद्दा परेको थियो । उनलाई जिल्ला अदालत पर्साले २०७० जेठ १७ गते ५ वर्ष कैद सजाय सुनाएको थियो ।
घटनापछि उनी फरार रहेको र अहिले पक्राउ गरेर अदालत बुझाइएको प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको फैसला कार्यान्वयन विशेष टोलीले असार ०५ गते ११ बजे वीरगञ्ज-१ छपकैयाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4