+
+
१९ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

मन्त्रीबारे बोल्न पनि सक्दैनन् माधव नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ५ गते १७:२४

५ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीबाट संस्कृति, पर्यटन तथा नागरिकमन्त्री बनेका प्रेमबहादुर आले अहिले विवादमा छन् । उनको नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई गालीगलौज गर्नुका साथै हातपात गरेको अडियो सार्वजनिक भएको छ ।

तर उनको विषयमा न सरकारले केही बोलेको छ, न उनको दल एकीकृत समाजवादी पार्टीले । आइतबार सम्पादक तथा पत्रकारहरुसँग भएको छलफलमा पनि एकीकृत समाजवादीका अध्यक्ष नेपालले यसबारे टिप्पणी गर्न चाहेनन् । ‘मान्छेका बारे सोध्दा जवाफ दिन गाह्रो हुन्छ,’ उनले भने, ‘यति मात्र भन्छु, कुनै पनि कुरा बोल्दा विचार पुर्‍याएर बोल्नुपर्छ ।’

कतिसम्म भने उनी पार्टीबाट भएका मन्त्रीहरुले करिव ८ महिना गरेको कामको समीक्षा गर्न समेत डराए । उनले आफ्नो बाध्यता सुनाए, ‘सन्तुष्ट छु भनौं, त्यो पनि समस्या । सन्तुष्ट छैन भनौं भोलिको समाचार त्यही बन्छ ।’

अध्यक्ष नेपालले ‘कामको समीक्षा गर्नुपर्छ । कमी कमजोरी रहेका छन् भने सुधार गर्ने प्रतिवद्धता व्यक्त गर्नुपर्छ । केके कमजोरी भए भन्ने मसिनो गरी खोतलखातल गर्नुपर्छ र अगाडि बढ्ने आँट गर्नुपर्छ’ भन्ने सैद्धान्तिक तर्क गर्दै प्रश्नलाई टारे ।

मन्त्री फिर्ता बोलाउने र नयाँ पठाउने निर्णय समेत बाध्यता भएको उनले बताए । एकीकृत समाजवादीले केही साता पहिले शहरी विकासमन्त्री रामकुमारी झाँक्री, स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, पर्यटनमन्त्री प्रेम आले र श्रम तथा रोजगारमन्त्री किसान श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय गरेको छ । स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई मन्त्री बनाउन सिफारिस गरेको एकीकृत समाजवादीले शहरी विकासमा मेटमणि चौधरी, पर्यटनमा जीवनराम श्रेष्ठ, श्रममा गैरसांसद शेरबहादुर कुँवर र हीरा केसीलाई स्वास्थ्य राज्यमन्त्री बनाउने निर्णय गरेको छ ।

बाध्यताले गर्दा एक कार्यकाल अर्थात ६ महिनाको निम्ति मात्र मन्त्री बनाएकाले अहिले फेर्न खोजेको अध्यक्ष नेपालले बताए । उनले अघि भने, ‘८ महिना पुगिसकेपछि मन्त्री परिवर्तन गरेका हौं । प्रधानमन्त्री र माओवादीका साथीहरुले हाम्रोभित्र पनि त्यस्ता माग आइरहेको छ भनेकाले एक दुई दिन पर्खिने हुन्छ ।’

उनले बाध्यता के भन्ने खुलाएनन् । तर २ भदौ २०७८ मा एमालेका २३ सांसदको समर्थनमा एमाले विभाजन गरेका थिए । त्यसबेला नै सरकारमा लैजाने आश्वासन दिएर एकीकृत समाजवादीमा ल्याएकाले अहिले मन्त्री बनाउनु परेको र त्यसलाई नै अध्यक्ष नेपालले बाध्यता भनेको हुनसक्ने नेताहरु बताउँछन् ।

एकीकृत समाजवादीका अध्यक्ष नेपाल शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारको कामप्रति पनि सन्तुष्ट छैनन् । सरकारको पनि निर्मम समीक्षा गर्न सक्ने अवस्था छैन । किनकी आसन्न प्रदेश र प्रतिनिधिसभा चुनावमा पाँचदलीय गठबन्धन कायम राख्न चाहन्छन् र त्यसकै बलमा चुनाव जित्न चाहन्छन् ।

गठबन्धनकै भर

३० वैशाखको स्थानीय तहको चुनावमा भएको तालमेलप्रति एकीकृत समाजवादी सन्तुष्ट छैन । स्वंय अध्यक्ष नेपालले हालै स्थायी कमिटीमा पेश गरेको चुनावी समीक्षासम्बन्धी दस्तावेजमा कांग्रेसले दम्भ र माओवादीले अहंकार देखाएको बताएका छन् ।

आइतबार पनि नेता नेपालले स्थानीय चुनावमा गठबन्धन प्रभावकारी हुन नसकेको स्वीकार गरे । एमालेबाट विद्रोह गरेर एकीकृत समाजवादीमा आएका स्थानीय जनप्रतिनिधिलाई समर्थन गर्ने भनिए पनि कार्यान्वयन नभएको, देशभर निश्चित प्रतिशत वा प्रत्येक जिल्लामा उपस्थिति हुने गरी गरौं भदा पनि सहमति नभएको उनले सुनाए ।

अन्तिममा महानगरपालिका र उपमहानगरको प्रमुख र उपप्रमुखमा मात्र केन्द्रबाट निर्णय गर्ने र बाँकी जिल्ला र प्रदेशलाई सहमति खोज्न दिने निर्णय भएको सुनाउँदै उनले भनेका छन्, ‘यो नै घातक भयो । जिल्ला र प्रदेशलाई संगै राखेर टुंगो लगाउनुपर्ने रहेछ ।’

गठबन्धनको भर नपरी पार्टी बनाउने र त्यसको आधारमा सबैतिर चुनाव नलड्नु पार्टीको पनि कमजोरी भएको उनले बताए । स्थानीय चुनावमा भएका कमजोरीबाट सिकेर पाँचदलीय गठबन्धनलाई नै अघि बढाउनुपर्ने उनले बताए ।

६ महिनाभित्र प्रदेश र प्रनितिधिसभा गर्नुपर्ने भन्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले अघि भने, ‘अब (सिट बाँडफाँट) छिट्टै गर्नुपर्छ । केही मापदण्ड तय गर्न छलफल सुरु गर्नुपर्छ । छिट्टै गरियोस् भन्नेमा हाम्रो बढ्दा ताकेता छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?