+
+

बलियो कपको उपाधि मधेस प्रदेशलाई

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ५ गते १९:४०

५ असार, काठमाडौं । बलियो नेपाल कप अन्डर १५ क्रिकेट प्रतियोगिता २०७९ को उपाधि मधेश प्रदेशले जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा बलियो बागमती प्रदेशलाई ४ विकेटले पराजित गर्दै मधेश प्रदेशले उपाधि हात पारेको हो ।

मुलपानी मैदानमा सम्पन्न फाइनल खेलमा टस हारेर ब्याटिङ्गको निम्तो पाएको बागमतीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउंदै ९५ रन बनाएको थियो । उसका आकाश टमाटाले २३ रन जोड्न बाहेक अन्य ब्याट्स्म्यानले उल्लेखनीय प्रदर्शन गर्न सकेनन ।

बलिंग तर्फ मधेसका साईमन रोएले ४ ओभरमा केवल १० रन खर्चिएर २ विकेट हात पारे ।

जवाफमा ९६ रनको लक्ष्य बलियो मधेशले १५.३ ओभरमा ६ विकेट गुमाएर पुरा गर्‍यो । मधेशको जितमा खेलको प्लेयर अफ दि म्याच रञ्जन यादवले ३४ रनको इन्निंग खेले । बागमतीका कप्तान युवराज खत्रीले १६ रन खर्चिएर ३ विकेट लिएपनि टोलीलाई जित दिलाउन भने सकेनन ।

प्रतियोगिताको प्लेयर अफ दि टुर्नामेन्ट मधेश प्रदेशका साईमन रोए घोषित भए भने बलियो-११ का जेनिश मगर, कमल शाही र बागमती प्रदेशका युवराज खत्री प्रतियोगिताको इमार्जिंग खेलाडी घोषित भए ।

बिजेता र उपविजेता टोलीलाई ट्रफी, मेडल र प्रमाणपत्र सभासद अमन लाल मोदी, राष्ट्रिय टोलीका पुर्व कप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल र बलियो नेपाल न्युट्रिसन इनिसिएटिभका प्रमुख कार्यकारी ड़ा. अतुल उपाध्यायले प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?