+
+

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग गर्दै बुटवलमा प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ६ गते १०:२२

६ असार, बुटवल । पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरोध गर्दै नेकपा एमाले निकट अनेरास्ववियुले बुटवलमा प्रदर्शन गरेको छ ।

बुटवल बहुमुखी क्याम्पस अगाडि सडकमा जम्मा भएका विद्यार्थीहरूले मूल्य वृद्धि फिर्ता गर्न माग गर्दै सडकमा टायर बालेर केहीबेर सवारी साधनलाई चल्न नदिएका हुन् ।

प्रदर्शनमा बोल्दै अनेरास्ववियु रुपन्देहीका अध्यक्ष शेषकान्त पोखरेलले सरकारले नागरिकलाई राहत दिनुको साटो निरन्तर मूल्य वृद्धि गरेर जनताको ढाड सेकेको आरोप लगाए ।

मूल्य वृद्धि तत्काल फिर्ता नभए जिल्लाव्यापी आन्दोलन चर्काउने पोखरेलले चेतावनी दिए ।

नेपाल आयल निगमले आइतबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको थियो ।

पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरी १९९ रुपैयाँ पुगेको छ । यसैगरी डिजेल र मट्टितेलमा २७ रुपैयाँले वृद्धि हुँदा १९२ रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?