 
																			६ असार, विराटनगर । नेपाल अआयल निगमले इन्धनको मुल्य वृद्धि गरेपछि विराटनगरमा यातायात व्यावसायी र मजदुरले सोमबार बिहान चक्काजाम गरेका छन् ।
आइतबार रातिबाट निगमले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको छ ।
मूल्य वृद्धि भएपछि एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ भने एक लिटर डिजेल र मट्टितेलको मूल्य १९२ रुपैयाँ पुगेको छ ।
मूल्य वृद्धिको विरोधमा सार्वजनिक सवारी यातायात मजदुर र सञ्चालकले कोसी राजमार्गको विराटनगरको राजवशी चोकमा सडक खण्डमा सवारी साधन राखेर यातायात अवरुद्ध गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4