+
+

एन्फाको चुनावी साधारणसभा सुरु

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ६ गते १०:३८

६ असार, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को चुनावी साधारणसभा सुरु भएको छ ।

काठमाडौंको बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा खेलकुदमन्त्री महेश्वरजंग गहतराज र राखेप सदस्य सचिव टंकलाल घिसिङले साधारणसभाको उद्घाटन गरेका हुन् ।

साधारणसभामा एन्फामातहतका ४८ जिल्ला, १४ ए डिभिजन, ११ बी डिभिजन, ९ सी डिभिजन, रेफ्री, प्रशिक्षक, खेलाडी र महिला संघ तथा राष्ट्रिय लिगका लागि छानिएका चार क्लबका गरी १०४ जन प्रतिनिधि उपस्थित छन् ।

उद्दघाटन कार्यक्रमपछि बन्द सत्र र त्यसपछि लगत्तै चुनावी प्रक्रिया सुरु हुनेछ ।

यसपटक एन्फा अध्यक्षका लागि वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा र वरिष्ठ उपाध्य पंकजविक्रम नेम्वाङ प्रतिस्पर्धामा छन् । कुनै बेला ‘चेन्ज एन्फा’को नारा उठाएका शेर्पा र नेम्वाङ प्यानल नै बनाएर चुनावी मैदानमा होमिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?