+
+

रणवीर कपुरको ‘शमशेरा’को फस्टलुक सार्वजनिक, फिल्म साउन ६ मा आउने

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ६ गते १३:१०

काठमाडौं । रणवीर कपुर स्टारर फिल्म ‘शमशेरा’ आगामी जुलाई २२ अर्थात् साउन ६ गते रिलिज हुने भएको छ । यशराज फिल्मको ब्यानरमा निर्माण भएको फिल्म नेपालमा पनि सोही मितिमा प्रदर्शन हुनेछ ।

सोमबार फिल्मको फस्टलुक पोस्टर समेत सार्वजनिक भएको छ । ‘सञ्जु’ रिलिजको चार वर्षपछि रणवीर स्टारर फिल्म आउन लागेको हो ।

‘अग्निपथ र ब्रदर्स’ फेम्ड निर्देशक करण मलहोत्रा निर्देशित ‘शमशेरा’ पिरियड ड्रामा हो । निर्माण कम्पनी यशराज फिल्म्सले पोस्टर लन्च गर्दै फिल्म दृश्यात्मक रुपमा निकै उत्कृष्ट रहेको उल्लेख गरेको छ ।

फिल्ममा वाणी कपुर र सञ्जय दत्तको समेत मुख्य भूमिका छ । ‘शमशेरा’ रिलिजको डेढ महिनापछि रणवीरको अर्को फिल्म ‘ब्रह्मास्त्र’ रिलिज हुने तयारीमा छ । ‘शमशेरा’को सफलताले अर्को फिल्मलाई फाइदा पुग्ने यशराज ब्यानरको अपेक्षा छ ।

‘शमशेरा’को मितिमा अहिलेसम्म कुनै नेपाली फिल्मले रिलिज घोषणा गरेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?