+
+

पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ६ गते १४:०३

६ असार, काठमाडौं । प्रतिनिधि सभाले पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे जवाफ दिन सरकारलाई रुलिङ गरेको छ ।

सोमबार प्रतिनिधि सभाको बैठकमा प्रमुख विपक्षी नेकपा एमालेले पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे सरकारसँग जवाफ मागेपछि सभामुख अग्निप्रसाद सापकोटाले रुलिङ गरेका हुन् ।

‘माननीय सदस्यहरुले उठाउनुभएको विषय (पेट्रोलियम पदार्थको मूल्यवृद्धि)मा मेरो पनि ध्यानाकर्षण भएको छ । सरकारको पनि ध्यानाकर्षण गराउन चाहन्छु’ सभामुख सापकोटाले भने, ‘यस विषयमा सरकारलाई सत्य तथ्य सदनसमक्ष पेश गर्न निर्देश गर्दछु ।’

आयल निगमले सोमबारदेखि लागु हुने गरी पेट्रोलको भाउ लिटरको १९९ र डिजेलको १९२ रुपैयाँ पुर्‍याएको छ । जसको सर्वत्र विरोध भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?