+
+

इन्धनको मूल्य वृद्धिविरुद्ध विप्लव निकट अखिल क्रान्तिकारीको प्रदर्शन

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७९ असार ६ गते १८:०१

६ असार, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा कम्‍युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल  क्रान्तिकारीले पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध प्रदर्शन गरेको छ।

सोमबार सरकारले पेट्रोलियम पदार्थको मूल्यमा २१ रुपैयाँ बढाएपछि क्रान्तिकारीले टेकु अगाडि प्रदर्शन गरेको हो।

प्रदर्शनमा पार्टीका केन्द्रीय सदस्‍य एवं जिल्ला इन्चार्ज ललित जंग बम नेतृत्वका कार्यकर्ताहरुले टेकुको सडकमा टायर बालेर प्रदर्शनमा उत्रिएका छन् ।

प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।

यसअघि अखिल क्रान्तिकारीले प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजल,मट्टीतेल,ग्याँस लगायत पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गरेको थियो ।

हेर्नुस् तस्वीरहरु :

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?