+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

खेलकुद मन्त्रीले गरे हजयात्रीलाई विदाइ

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ७ गते १२:१३
हजयात्रीलाई विदाइ गर्दै युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज । तस्वीर : मन्त्री गहतराजको सचिवालय

७ असार, काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले मुस्लिम धर्मावलम्बीको पवित्र तीर्थस्थल मक्का मदिनामा हज गर्न जाने १०४ हजयात्रीलाई बिदाइ गरेका छन् । मन्त्री गहतराजले मंगलबार बिहान विभिन्न जिल्लाका हजयात्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका हुन् ।

आफ्नो गृहनगर बाँकेका साथै बर्दिया, सुर्खेत, दाङ र अर्घाखाँचीबाट हजका लागि मक्का मदिना जान लागेका १०४ हजयात्रीहरुलाई दोसल्ला ओढाएर बिदाइ गरे । बिदाइ हुनेहरुमा बाँकेका ८५, बर्दियाका ५, सुर्खेतका ६, दाङका ५ र अर्घाखाँचीका २ जना हजयात्री तथा १ जना प्रतिनिधि छन् ।

हजयात्रीहरु साउदी अरबको जेद्दा अन्तर्राष्ट्रिय विमानस्थल हुँदै मक्कामदिना पुग्ने नेपाल हज समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?