+
+

बाख्राको पाठाले बनायो विश्व कीर्तिमान !

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ७ गते १५:४७

७ असार, काठमाडौं । पाकिस्तानको कराँचीमा रहेको एउटा बाख्राको पाठोले विश्व कीर्तिमान कायम गरेको छ । विश्वको सबैभन्दा लामो कान भएको बाख्राको रुपमा उक्त पाठोले रेकर्ड कायम गरेको हो ।

उक्त पाठोका कान अस्वभाविक रुपमा लामा छन् र कानका लोतीको लम्बाई कूल ४६ सेन्टिमिटर छ । उक्त पाठोको नाम सिम्बा हो । सिम्बा हिँडिरहँदा उसका कान भुइँसम्मै लत्रिरहेका हुन्छन् ।

उक्त पाठो नुबियन नश्लको बाख्रा हो । उक्त नश्लका बाख्राहरुमा लामो कान हुने गर्दछ ।

जीव वैज्ञानिकहरुका अनुसार बाख्रामा लामो कान हुनु जैविक रुपले निकै फाइदाजनक हुन्छ । यसले बाख्रालाई गर्मी याममा शरीरलाई शितल राख्न मद्दत गर्दछ । एजेन्सीको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?