+
+

एकीकृत समाजवादीले बोलायो केन्द्रीय परिषदको बैठक, १६ सय जना सहभागी हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ७ गते १७:३२

७ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनको समीक्षा गर्न पार्टीको विभिन्न तीन तहको कमिटीको बैठक बोलाएको छ ।

मंगलबार केन्द्रीय कार्यालय आलोकनगरमा बसेको केन्द्रीय सचिवालयको बैठकले पोलिटब्युरो, केन्द्रीय कमिटी र केन्द्रीय परिषदको बैठक तय गरेको हो ।

उपाध्यक्ष केशवलाल श्रेष्ठका अनुसार १० गते पोलिटब्युरो, ११ गते केन्द्रीय कमिटी र १३, १४ मा केन्द्रीय परिषदको बैठक बोलाइएको छ। ‘तीनवटै बैठकमा हामीले निर्वाचनको समीक्षा गरेर आगामी कार्यभार तय गर्छौं,’ श्रेष्ठले अनलाइनखबरसँग भने ।

केन्द्रीय परिषद्को बैठक भने एकीकृत समाजवादीले पहिलो पटक बोलाएको हो । उपाध्यक्ष श्रेष्ठका अनुसार पहिलो पटक बस्न लागेको केन्द्रीय परिषद बैठकमा करिब १६ सयको उपस्थिति हुने छ ।

केन्द्रीय परिषद बैठकमा स्थायी कमिटी सदस्य, पोलिटब्युरो सदस्य, केन्द्रीय कमिटी सदस्य, केन्द्रीय विभाग सदस्य, जेष्ठ कम्युनिष्ट मञ्च, केन्द्रीय सल्लाहार लगायतका सदस्य स्वतः सदस्य हुने व्यवस्था छ ।

स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीबाट समृद्ध भएर आएको चुनाव सम्बन्धी प्रतिवेदनमाथि केन्द्रीय परिषदको बैठकमा छलफल हुने श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?