+
+

गुरुहरू नै आन्दोलनमा

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ८ गते ७:३०

८ जेठ, रोल्पा । रोल्पाको जलजला बहुमुखी क्याम्पसमा कार्यरत प्रध्यापक तथा कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् ।

मध्यपश्चिम विश्वविद्यालयले आफूहरूको सेवा सुविधामा विभेद गरेको भन्दै उनीहरू ७ बुँदे मागसहित एक महिने आन्दोलनमा छन् ।

जलजला बहुमुखी क्याम्पस प्रध्यापक तथा कर्मचारी हकहित सरोकार मञ्चको नाममा उनीहरू प्रथम चरणमा एक महिने कार्यक्रमका सार्वजनिक गर्दै आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरूले आसार ७ गतेदेखि एक हप्ता सम्म कालोपट्टी बाँधेर प्रध्यापनको काम सुरु गर्ने बताएका छन् । दोस्रो सातासम्म पनि सुनुवाइ नभए पेन डाउन गरी प्रध्यापन गर्ने, तेस्रो साता प्रशासन कक्षमा तालाबन्दी गरी प्रध्यापन गर्ने, चौथो सातादेखि क्याम्पस प्रशासनको कुनै पनि कार्यमा संलग्न नहुने तर प्रध्यापन सुरु गर्ने उल्लेख गरेका छन् ।

त्यसपछि पनि विश्वविद्यालयबाट माग पूरा नभए क्याम्पसमा तालाबन्दी गर्ने र थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने उनीहरूले बताएका छन् ।

आन्दोलनरत प्रध्यापक तथा कर्मचारीहरूले ७ बुँदे माग पत्र सार्वजनिक गरेका छन् । सार्वजनिक माग पत्रमा केन्द्रीय क्याम्पस र निकाय सरह अन्य क्याम्पसका प्रध्यापक र कर्मचारीहरुको ग्रेडको निरन्तरता हुनुपर्ने, क्याम्पस समायोजन पूर्वको अस्थायी र करार सेवा विश्व विद्यालयको ऐन र नियमावलीमा उल्लेख भए वमोजिम सेवा अवधि पूरा भएपछि सबै सुविधा पाउनु पर्ने गरी गणना हुनुपर्ने माग राखेका छन् । सबै सरकारी निकायहरूमा कार्यरत राष्ट्रसेवकलाई उपलब्ध गराउँदै आए सरहको दुर्गम वा स्थानीय भत्ता र पोशाक भत्ता उपलव्ध गराउनुपर्ने लगायतका माग रहेका छन् ।

त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा संचालित सो क्याम्पस पाँच वर्षअघि मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा रहेको छ । मानविकी, व्यवस्थापन र शिक्षा शास्त्रमा स्नातक तहको पठनपाठन हुने सो क्याम्पसमा १ अल्पकालिनसहित १६ जना उपप्रध्यापक र ४ जना कर्मचारी कार्यरत छन् ।

पाँच केन्द्रीय र १० आंगिक क्याम्पस रहेको मध्यपश्चिम विश्वविद्यालयले मोफसलका आंगिक क्याम्पसमा कार्यरत उपप्रध्यापक र कर्मचारीलाई सौतेनी व्यवहार गरेकाले आन्दोलनमा उत्रनु परेको प्रध्यापक तथा कर्मचारी हकहित सरोकार मञ्चका अध्यक्ष कृष्ण न्यौपानेको भनाइ छ ।

समान कामको समान ज्याला र कानुनको शासनको आधारमा संस्था चलोस भन्ने माग आफूहरुको भएको उनको भनाइ छ । ‘आन्दोल कारण विद्यार्थीको पठनपाठन प्रभावित नहोस भन्नेमा हामी संवेदनशील छौं,’ उनले थपे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?