+
+

शंखरापुरमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ८ गते ९:१७

८ असार, काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका-१ देउराली भञ्ज्याङमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

प्रदेश ३ ०१-००६ ख ३४७४ नम्बरको टिपरले मंगलबार राति ९ बजे ठक्कर दिंदा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १३ फटकसिला घर भएकी अन्दाजी ३९ वर्षीया लिलामाई दनुवारको मृत्यु भएको ।

पैदल हिंडिरहेको बेला टिपरले ठक्कर दिंदा दनुवारको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।
टिपर चालकलाई इलाका प्रहरी कार्यालय मेलम्चीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?