+
+

भ्वाइस अफ नेपाल-४ मा २० हजार जनाको आवेदन, ब्लाइन्ड अडिसन चाँडै सुरु हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ८ गते ११:४३

काठमाडौं । गायन रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन ४ मा २० हजार जनाले आवेदन दिएका छन् । निर्देशक लक्ष्मण पौडेलका अनुसार देश विदेशबाट प्राप्त यो आवेदन निकै उत्साहजनक हो ।

वैशाखदेखि सुरु भएको आवेदन दिने समय बिहीबार सकिंदैछ । कुल आवेदकमध्येबाट डेढ सय जनालाई ब्लाइन्ड अडिसनमा छनोट गरिने भएको छ ।

डेढ सय जनाबाट पनि ६४ जना प्रतिस्पर्धी छानिनेछन् अनि प्रतियोगिता सुरु हुने गर्ने तयारी छ । आगामी एक महिनामा ब्लाइन्ड अडिसन सुरु हुने निर्देशक पौडेलले जानकारी दिए ।

साउन पहिलो सातादेखि सिजन ४ को प्रसारण सुरु हुने भएको छ । शोका चार जना कोचमध्ये केही हेरफेर गर्ने तयारी छ । द भ्वाइस अफ नेपालका अघिल्ला तीनै सिजन सफल भइसकेका छन् ।

यो गायन रियालिटी शो हिमालय टेलिभिजनबाट प्रसारण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?