+
+

एलन मस्कसँगको नाता तोड्न छोरीले हालिन् मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ८ गते १३:१८

८ असार, काठमाडौं । आफ्ना बुवासँग कुनै पनि प्रकारको नाता सम्बन्ध कायम राख्न नचाहेको भन्दै विश्वका सर्वाधिक धनी व्यक्ति एलन मस्ककी समलिङ्गी छोरीले कानूनी रुपमा नाम र लिङ्ग परिवर्तनका लागि निवेदन दिएकी छिन् ।

१८ वर्षकी जेभिएर एलेक्जेन्डर मस्कले अबदेखि आफ्नो नाम भिभियन जेन्ना विल्सन कायम हुन तथा आफूलाई महिलाको रुपमा पहिचान प्रदान गर्न माग गर्दै निवेदन दिएकी हुन् ।

सान्टा मोनिकास्थित लस एन्जल्स सुपेरियर कोर्टमा उनले नाम परिवर्तन तथा नयाँ जन्मदर्ताका लागि गत अप्रिलमा निवेदन दिएकी भएपनि बल्ल सार्वजनिक भएको हो ।

आफ्ना अर्बपति बुवा एलन मस्कसँग उनकी छोरीले किन नाता सम्बन्ध विच्छेद गर्नका लागि अदालत गुहारेकी हुन् भन्ने प्रष्ट भएको छैन ।

टेस्ला तथा स्पेस एक्सका मालिक मस्कले पनि यस विषयमा कुनै प्रतिक्रिया जनाएका छैनन् ।

मस्कले क्यानेडियन लेखिका जस्टिन विल्सनसँग सन् २००० मा बिहे गरेका थिए र उनीहरुबाटै ती छोरीको जन्म भएको थियो । जस्टिन र मस्कबीच सन् २००८ मा सम्बन्ध विच्छेद भयो ।

मस्क र जस्टिनबाट सन् २००२ मा पहिलो सन्तानको रुपमा छोराको जन्म भएको थियो । नेभादा नामका ती शिशुको १० हप्तामै मृत्यु भएको थियो ।

मस्क र जस्टिन दम्पत्तिका दुई जुम्ल्याहा छोरा जेभिएर र ग्रिफिन तथा तिम्ल्याहा छोरा डेमियन, काइ र स्याक्सन छन् । छोराको रुपमा जन्मिएका तिनै जेभिएर पछि समलिंगी महिला बनिन् र हाल लिंग परिवर्तन र नाम परिवर्तनसँगै बुवासँगको नाता तोड्नका लागि अदालतमा पुगेकी छिन् ।

त्यस्तै मस्कले प्रेमिका ग्रिम्सबाट थप दुई सन्तान जन्माएका छन् जसको नाम X Æ A-Xii र Dark Sideræl राखेका छन् ।

बुवाका विश्वको नम्बर वान धनी व्यक्ति भएपनि मस्कका छोराछोरीहरु भने लो प्रोफाइलमै रहेका छन् । गत जुन १९ मा अन्तराष्ट्रिय पिता दिवसको अवसरमा एक ट्वीट गर्दै मस्कले आफुले आफ्ना सबै सन्तानलाई धेरै माया गर्ने उल्लेख गरेका थिए ।

समलिंगी तथा तेश्रो लिंगीका विषयमा विभिन्न अभिव्यक्ति दिने गरेका मस्क समलिंगी कानूनका विरोधीका रुपमा चिनिने गरेका छन् । बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?