+
+

वीरगञ्जमा पहिचान नखुलेको व्यक्तिको शव भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ८ गते १९:५४

८ असार, वीरगञ्ज । वीरगञ्जमा पहिचान खुल्न नसकेको एक व्यक्तिको शव भेटिएको छ । वीरगञ्ज–१६ स्थित माईधिया पोखरी नजिकै अन्दाजी ५४/५५ वर्ष उमेरका व्यक्ति मृत भेटिएका हुन् ।

साँझ ५ बजे प्रहरीलाई एक व्यक्ति मृत अवस्थामा छ भन्ने खबर आएको थियो । त्यसपछि वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक नेतृत्वको टोली घटनास्थल पुगेको थियो ।

घटनास्थल जाँच मुचुल्का तयार गरेपछि शव पोष्टमार्टमका लागि नारायणी अस्पताल वीरगञ्जमा पठाईएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

उनी कवाडी टिप्दै हिड्ने व्यक्ति भएको स्थानीयले बताएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?