+
+

न्यायाधीश कोइराला र वकिल पोखरेललाई कारबाही गर्न राप्रपाको माग

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ९ गते १४:२९

९ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र नेपाल बार एशोसिएसनका पूर्व कोषाध्यक्ष एवम् कानुन व्यवसायी रुद्रप्रसाद पोखरेललाई कारबाही गर्न माग गरेको छ ।

कोइराला र पोखरेलबीच घुस लेनदेन सम्बन्धी अडियो सार्वजनिक भएपछि राप्रपाले न्याय परिषदलाई पत्र लेखेर उनीहरुलाई पदबाट हटाई कारबाही गर्न माग गरेको हो ।

राप्रपाका एकजना प्रवक्ता ज्ञानेन्द्र शाहीले न्याय परिषदलाई बुझाएको पत्रमा न्यायालयप्रतिको विश्वास र भरोसालाई डगमगाउन नदिइ कानुनी राज्यको प्रत्याभूति दिलाउन न्यायाधीश कोइरालालाई आइन्दा कुनै पनि न्यायीक तथा कानुनी कार्यमा संलग्न हुन नपाउने गरी कारबाही गर्न माग गरिएको छ ।

पत्र बुझाउँदै शाहीले भनेका छन्, ‘ एउटा फुटपाथमा कपडा बेच्नेलाई हिरासतमा लगेर अनुसन्धान गर्न मिल्ने, करोडौं रकमको घुस बार्गेनिङ गर्ने न्यायाधीशलाई हिरासतमा लगेर किन अनुसन्धान गर्न नहुने ?’

न्यायाधीश कोइराला र वकिल पोखरेलबीच बैंकिङ कसुरमा पक्राउ परेका इच्छाराज तामाङलाई धरौटीमा छुटाउन २ करोड लेनदेन सम्बन्धी कुरा गरेको अडियो सार्वजनिक भएको थियो ।

सो अडियो सार्वजनिक भएपछि न्याय परिषदले न्यायाधीश कोइरालामाथि छानबिन गर्न न्याय परिषद सदस्य रामप्रसाद श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ ।

यसैगरी नेपाल बार एशोसिएसनले वकिल पोखरेलसँग स्पष्टीकरण सोधेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?