+
+

थाइल्याण्डमा विदेशी फिल्म छायांकनमा कर छुटको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ९ गते १६:३२
थाइल्याण्डको समुद्री तट

काठमाडौं । थाइल्याण्डले विदेशी फिल्म छायांकनका लागि कर छुट प्रदान गर्ने घोषणा गरेको छ ।

सरकारी प्रवक्ता रटचाडा थानादिरेकले आफ्नो मुलुकलाई विदेशी फिल्म सुटिङ गन्तव्य स्थलको रुपमा विकास गर्न आगामी पाँच वर्षसम्म करमुक्त गर्ने बताइन् ।

थाइ मन्त्रिपरिषदले मंगलबार यस्तो निर्णय गरेको हो । सन् २०१७ देखि २०२० सम्म छायांकनको लागि आउने विदेशी फिल्मबाट हुने कमाइ ३.५ बिलियन डलरबाट बढेर सन् २०२१ मा ५ बिलियन डलर पुगेको समेत प्रवक्ताले जनाइन् ।

उनका अनुसार थाइल्याण्डमा छायांकन हुने फिल्मलाई सरकारले २० प्रतिशत अनुदान दिने व्यवस्था पनि गरेको छ । पाँच वर्षसम्म कर छुट दिने सरकारको निर्णयबाट १७.५ बिलियन भाट आम्दानी हुने अपेक्षा छ । तर सरकारले ७१.७५ मिलियन भाट चाहिं राजस्व गुमाउनेछ ।

नेपाली फिल्म ‘प्रेमगीत २’ थाइल्याण्डमा सुटिङ भएको थियो । त्यसबाहेक केही नेपाली फिल्म, म्युजिक भिडियो र टीभी कार्यक्रम पनि थाइल्याण्डमा सुटिङ भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?