
१० असार, काठमाडौं । नारायणी र यसका साना सहायक नदीहरुमा आजदेखि जल सतह उल्लेख्य बढ्ने सम्भावना रहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
नारायणी र यसका साना सहायक नदीहरुमा जलसतह बढेर सतर्कता तह आसपास पुग्नसक्ने पूर्वानुमान महाशाखाको छ । त्यसैले नदी तटीय क्षेत्रका कृयाकलाप नगर्न वा गर्नुपर्ने भएमा उच्च सतर्कता अपनाउन महाशाखाले सूचना जारी गर्दै आग्रह गरेको हो ।
महाशाखाले जारी गरेको सूचनामा लेखिए अनुसार नारायणी जलाधार क्षेत्रका बुढीगण्डकी, मर्स्याङ्दी, सेती र कालीगण्डकीमा आज र भोलि जलसतह उल्लेख्य बढेर मध्यम जोखिमको अवस्थासम्म पुग्ने पूर्वानुमान छ । जलसतह बढ्दा कास्की र लमजुङमा आज उच्च जोखिमको अवस्थासम्म पुग्ने महाशाखाले जनाएको छ ।
कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबईमा जल सतह उल्लेख्य बढ्ने छ ।
असार १०,
आज देखि नारायणी र यसका साना सहायक नदीहरुमा जल सतह उल्लेख्य बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रका कृयाकलाप नगर्न वा गर्नु पर्ने भएमा उच्च सतर्कता अपनाऔं। pic.twitter.com/fZZ6GmBZK6— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) June 24, 2022
यस्तै सप्तकोशीको चतरा, अरुणको सिम्ले, कर्णालीको चिसापानी र असाराघाट, भेरीको समजिघाट, पश्चिम सेतीको दिपायल, महाकालीको पारिगाउँ र बबईको चेपाङमामा भने जल सतह सामान्य बढ्ने पूर्वानुमान छ । यी नदीहरु भने आज र भोलि न्यून जोखिमको अवस्थामै रहने महाशाखाले जनाएको छ ।
प्रतिक्रिया 4