+
+

हजयात्रीको अन्तिम टोलीलाई गृहमन्त्रीले गरे विदाइ

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १० गते ९:४३
हजयात्रीलाई विदाइ गर्दै गृहमन्त्री बालकृष्ण खाँण । तस्वीर : गृहमन्त्रीको सचिवालय

१० असार, काठमाडौं । साउदी अरबको मक्कामदिनामा हजयात्रा गर्न जाने अन्तिम टोलीलाई आज गृहमन्त्री बालकृष्ण खाँणले विदाइ गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री खाँणले शुक्रबार बिहान ११३ हजयात्रीलाई विदाइ गरेका हुन् ।

यस वर्ष हजका लागि नेपाललाई छुट्टयाइएको ५५५ जनाको कोटामध्य शुक्रबार बिहान अन्तिम टोली हज गर्नका लागि त्यसतर्फ गएको हो ।

हजयात्रीलाई विदाइ गर्न नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ लगायत पनि विमानस्थल पुगेका थिए ।

असार ६ गतेदेखि एयर अरेबियाको हवाईजहाजबाट दैनिक एक टोली हज गर्न गएको थियो । नेपालबाट हजयात्रामा जाने टोलीको साउदीमा जेद्दास्थित महावाणिज्यदूतावासले समन्वयको काम गर्छ । महावाणिज्यदूतावासबाट १० जनाको स्वयंसेवकको टोली हजयात्रीको व्यवस्थापनका लागि खटिएको छ । टोलीमा ८ जना डेलिगेट्स् र ३ जना मेडिकल सपोर्ट टीम सहभागी छ । हजयात्रीहरु ३४ दिनपछि नेपाल फर्कनेछन् ।

मक्कामदिना मुस्लिम समुदायको पवित्र तिर्थस्थल हो । यहाँ विश्वभरबाट लाखौं मुस्लिम समुदाय हज गर्न जान्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?