+
+

क्यान्सर पीडित आरोही तामाङलाई भेटे प्रचण्डले, उपचारमा सरकारबाट सहयोग दिलाउने आश्वासन

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १२ गते ९:१२

१२ असार, ललितपुर । सबैभन्दा कम उमेरमा सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका आरोही शम्भु तामाङलाई भेटेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

आज बिहान ललितपुर हरिसिद्धस्थित नेपाल क्यान्सर अस्पताल पुगेर प्रचण्डले उनको स्थास्थ्य स्थितिबारे जानकारी लिएका हुन् । अध्यक्ष प्रचण्डले देशका लागि तामाङले पुर्याएको योगदानको प्रशंसा गर्दै स्वास्थ्य उपचारमा सरकारको तर्फबाट सहयोग दिलाउन पहल गर्ने बताएको प्रचण्डको सचिवालयले जनाएको छ ।

लिसंखुपाखर गाउँपालिका–२, सिन्धुपाल्चोक घर भई हाल महाराजगञ्ज निवासी तामाङले सन् १९७३ मे ५ तारिखका दिन सगरमाथाको सफल आरोहण गरेका थिए । त्यसबेला उनी १७ वर्ष ६ महिना १५ दिनका थिए । सबैभन्दा कम उमेरमा सगरमाथाको सफल आरोहण गरेर उनले गिनिज बुकमा नाम लेखाउन सफल भएका थिए ।

उनी उपचाररत नेपाल क्यान्सर अस्पतालमा पुगेर अध्यक्ष प्रचण्डले उनको विगत र अहिलेको स्वास्थ्य अवस्थाबारे चिकित्सक र आफन्तबाट जानकारी लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?