+
+

कवि अभिलाषीको ‘मौलामा बाँधिएको राँगो’को दाङ विमोचन

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १२ गते ११:३०

१२ असार, दाङ । कवि नवीन अभिलाषीको कृति ‘मौलामा बाधिएको राँगो’को दाङ विमोचन गरिएको छ । यसअघि काठमाडौमा कवि एवं समालोचक डा. अमर गिरीले यो कृतिको विमोचन गरेका थिए ।

उदाहरण समूह नेपालको आयोजनामा कवि अभिलाषीको उक्त कविता संग्रहको शनिबार गृह जिल्लामा विमोचन गरिएको हो । कृतिमाथि विमर्श समेत गरिएको छ । कृतिबारे बोल्दै समालोचक टिकाराम उदासीले कविताले समकालीन समाजको यथार्थ चित्रण गरेको बताए ।

‘कवितामा समकालीन यथार्थका बिम्बहरु झल्किएको छ,’ उनले भने, ‘केही कविता निराशावादी देखिन्छन् । तर कविताको मूल स्वर आशावादी छ, परिवर्तनको पक्षमा छ ।’ कृतिले समकालीन समाजको कुरुप विम्ब उठाउँदै सामाजिक विकृतिमाथि प्रहार र गहिरा प्रश्न गरेको बताए ।

कवि अभिलाषीले कवितामा समाजमा व्याप्त जात व्यवस्था, अन्याय, सामाजिक र राजनीतिक विकृतिमाथि प्रश्न गर्दै विम्बका रुपमा उतार्ने खोजेको बताए । ‘हामी बाँचेको समाज कस्तो छ, त्यही कुरा कविताबाट भन्न खोजेको छु,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?