+
+

सहरी विकास मन्त्री झाँक्रीले सरकार छाड्दै [LIVE]

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १२ गते १६:५२

१२ असार, काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आइतबार सरकार छाड्ने भएकी छन् ।

त्यसका लागि उनले आइतबार नै मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरेकी छन् । उक्त पत्रकार सम्मेलनमार्फत मन्त्री झाँक्रीले मन्त्रालय छाडेको जानकारी गराउनेछिन् ।

मन्त्री झाँक्री निकट स्रोतका अनुसार कर्मचारीसँग विदाइ कार्यक्रम पनि आइतबार नै राखिएको छ । नेकपा एकीकृत समाजवादीले २२ जेठमा मन्त्री फिर्ता बोलाएर नयाँ नेताहरुलाई सरकारमा पठाउने निर्णय गरेको थियो । तर मन्त्रीहरुले बजेटमाथि संसदमा उठेका प्रश्नको जवाफ दिएर सरकार छाड्ने बताएका थिए ।

आइतबार राष्ट्रियसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिएकी मन्त्री झाँक्रीले मन्त्रालयमा पत्रकार सम्मेलन गरेर सरकार छाड्ने जानकारी गराउन लागेकी हुन् ।

एकीकृत समाजवादीबाट मन्त्री भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पनि आइतबार नै सरकार छाड्ने घोषणा गर्न पत्रकार सम्मेलन आयोजना गरेका छन् । उनले आइतबार नै अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?