+
+

टिकटकबाट चर्चित एभेलिना र निखिल-सञ्चिता पुत्र अथर्व ‘नाइँ नभन्नु ल ६’मा

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १२ गते १७:१६

काठमाडौं । बाल मनोविज्ञानमा आधारित फिल्म ‘नाइँ नभन्नु ल’को छैटौं सिरिजमा दुई नयाँ बाल कलाकारको मुख्य भूमिका हुने भएको छ । टिकटक फेम्ड आठ वर्षीया बालिका एभेलिना खड्का र निखिल उप्रेती तथा सञ्चिता लुइँटेलका १० वर्षीय छोरा अथर्वलाई मुख्य भूमिकामा देख्न पाइने भएको हो ।

निर्माता एवं निर्देशक विकासराज आचार्यले एभेलिनासँग सम्झौता भइसकेको र अथर्वसँग केही दिनमै सम्झौताको तयारी भएको अनलाइनखबरलाई जानकारी दिए ।

टिकटकमा एभेलिनाका १ लाख ११ हजार फलोअर्स छन् । गीत तथा नृत्यका टिकटक पोस्टको कारण एभेलिना चर्चित छन् । अर्कोतर्फ अथर्वलाई फिल्म खेलाउन निर्देशक आचार्यले सञ्चिता र निखिललाई प्रस्ताव गरेका छन् ।

‘अथर्वलाई लिएर उनका अभिभावक सकारात्मक हुनुहुन्छ । केही दिनमा यसबारे टुंगो लाग्छ,’ आचार्यले भने, ‘हामीलाई पाँच जना बाल कलाकार चाहिएको हो । अन्य कलाकारलाई पनि चाँडै निधो गर्ने तयारीमा छौं ।’

आँचल शर्मा र डेब्यु गर्ने तयारीमा रहेका आशीर्वाद बराल पनि फिल्ममा फाइनल भइसकेका छन् । दशैंपछि छायांकनमा जाने तयारीमा रहेको आचार्यले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?