+
+

बर्दिबासका ५० जना विपन्न बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १२ गते १९:३१

१२ असार, काठमाडौं । सनराइज बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बर्दिबासको जनता उच्च माध्यमिक विद्यालयमा अध्ययनरत गरीब तथा विपन्न वर्गका विद्यार्थर्ीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

बैंकको बर्दिबास शाखाले बर्दिबास नगरपालिका वडा नं. २ स्थित श्री जनता उच्च माध्यमिक विद्यालयको कक्षा १ देखि ५ सम्म अध्ययनरत ५० जना गरीब तथा विपन्न वर्गका विद्यार्थर्ीहरुलाई स्कूल ब्याग लगायतका विविध शैक्षिक सामाग्रीहरु बैंकको मधेश प्रदेश प्रमुख दिपक पण्डित र बैंकका बर्दिबास शाखा प्रमुख श्री खड्ग बहादुर सिंहले संयुक्त रुपमा वितरण गरेका हुन् ।

बैंकले विद्यार्थर्ीर्हरुलाई विद्यालय आउन प्रेरित गर्न र उनीहरुको शिक्षामा साथ दिने उद्देश्य अनुरुप उक्त कार्यक्रमको आयोजना गरिएको बैंकले जनाएको छ ।
विद्यालयका प्रधानाध्यापक दिलीपकुमार तिवारीले बैंकलाई धन्यबाद दिंदै आगामी दिनहरुमा बैंकसंग सहकार्य गरी विद्यार्थर्ीहरुका लागि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिने योजना रहेको समेत जानकारी गरे ।

कार्यक्रममा बर्दिबास नगरपालिका वडा नं.२ का वडा अध्यक्ष श्री धिरेन्द्रकुमार सिंह लगायत अन्य समाजसेवी र वरिष्ठ व्यक्तित्वहरुको उपस्थिति समेत रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?