+
+

जिसस सप्तरीको प्रमुखमा कांग्रेसका शिवनारायण साह निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १२ गते १९:३७

१२ असार, सप्तरी । जिल्ला समन्वय समिति, सप्तरीको प्रमुखमा नेपाली कांग्रेसका शिवनारायण साह निर्वाचित भएका छन् ।

आईतबार भएको निर्वाचनमा साह प्रमुखमा निर्वाचित भएका हुन । साहले २३ मत ल्याउँदा उनका निकटतम प्रतिद्धन्द्धी जनता समाजवादी पार्टी (जसपा) का छेदी अरगरिया यादवले ११ मत ल्याए ।

उप प्रमुखमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का शम्भु यादव निर्वाचित भएका छन् । यादवले २० मत ल्याउँदा उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका देबकान्त चौधरीले १४ ल्याएका छन् ।

समन्वय समितिको निर्वाचनमा नेपाली कांग्रेस, लोसपा, जनमत र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन भएको थियो । जसपा, नेकपा एमालेबीच गठबन्धन भएको थियो ।

म्हिला सदस्यमा नेपाली कांग्रेसकी रंजिता कुमारी चौधरी, जनमत पार्टीकी प्राणवती देवी सरदार र एकीकृत समाजवादीकी सविता कुमारी साह निर्वाचित भएकी छन् ।

सदस्यहरुमा कांग्रेसका जागेश्वर यादव, जनमत पार्टीका बुद्धिलाल यादव र लोसपाका सत्यनारायण मण्डल निर्वाचित भएका छन् ।

दलित या अल्पसंख्यक सदस्यमा नेकपा एकीकृत समाजवादीका बौहुरी भगत निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जिल्लाको कुल ३६ मतदाताले मतदान गर्दा २ वटा मत भने बदर भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?