+
+

काठमाडौंमा महिन्द्रा टुएस डिलरको उद्घाटन

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १२ गते १९:५९

महिन्द्राको नेपालका लागि आधिकारिक वितरक अग्नी समूहले उत्कृष्ट सेवा र सुविधा प्रदान गर्ने उद्देश्यका साथ काठमाडौंको मनमैंजुमा नयाँ टुएस डिलरको उद्घाटन गरेको छ । महिन्द्राको नयाँ टुएस डिलरबाट महिन्द्रा फोर​-व्हिलरका सेवाग्राहीहरुले उत्कृष्ट सेवा प्राप्त गर्न सक्नेछन् ।

एमएण्डए अटोमोबाइल्स प्रालिको उद्घाटन एम एण्ड एम, अन्तर्राष्ट्रिय अपरेसन्स्का प्रमुख जोयदिप मोइत्रा  र अग्नी समूहका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माको साथै अग्नी समूहका अन्य प्रतिनिधिहरुको उपस्थितिमा सामूहिक रुपमा भएको थियो ।

‘यस नयाँ डिलरको उद्घाटन हाम्रो नेटवर्क विस्तारको अर्को एक कदम हो,’ बालाजु अटो वर्कस्का प्रबन्ध निर्देशक अर्जुनप्रसाद शर्माले बताए ।

सर्भिस सेन्टरले सबै महिन्द्रा अटोमोबाइल्स जस्तै स्कर्पियो, बोलेरो पिकअप, एक्सयूभी ५००, टियुभी ३००, केयुभी १००, थार, आदिका ग्राहकहरुको लागि सेवा र जेन्युन स्पेयर पार्टस्को सुविधा प्रदान गर्नेछ । अब सर्भिस सेन्टर नजिकै र आसपास रहेका ग्राहकहरुले सहज सेवासुविधाको लाभ लिन सक्नुहुने विश्वास पनि गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?