+
+

क्षमताअनुसार काम गर्छु, पदको दुरुपयोग गर्दिनँ : सहरी विकासमन्त्री चौधरी

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १३ गते १२:२७

१३ असार, काठमाडौं । सहरी विकासमन्त्री मेटमणि चौधरीले आफ्नो क्षमता, योग्यताअनुसार काम गर्ने बताएका छन् ।

आइतबार सपथ लिएपछि सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेका सहरी विकासमन्त्री चौधरीले भने, ‘मेरो योग्यता, क्षमता अनुसार काम गर्छु । यो पदको दुरुपयोग गर्दिनँ ।’

छोटो समयका लागि आएको भए पनि धेरै काम गर्नुपर्ने भन्दै उनले आफूले रफ्तारमा काम गर्ने समेत बताए ।

उनले पदभार ग्रहण गर्दै प्रस्तावित शहरी ऐन २०७९ लाई सदर गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?